सडकको अलपत्र पारेको भन्दै निर्माण व्यवसायीको फोटो टाँसियो

चरिकोट अरनिको राजर्माग अन्र्तगत चरिकोट देखी मुडेसम्म सडकको अलपत्र पारेको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयले आज निर्माण व्यवसायीलाई कालोपत्रे गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दिपक सापकोटाको फोटो व्यानर बनाएर टाँसेका छन । उनीहरुले बनाएको व्यानरमा निर्माण व्यबसायीको नाम लेख्दै “तपाई मलाई चिन्नुहुन्छ , काम नगर्ने ठेक्दार मै हुँ , कालापत्रे कहिले हुन्छ ? चार वर्ष सम्म किन बाटो नबनेको हो ”भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटो सहित दवाव अभियान सुरु गरेका छन । २ वर्षमा निर्माण गरिसक्नु पर्ने बाटो किन चार बर्ष सम्म पुग्दा नबनेको भनेर उनीहरुले प्रस्न गरेका छन ।
२ प्याकेजमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो प्याकेजको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर र दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ ।पहिलो प्याकेज अन्तर्गगत पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर सडक मध्ये १२ किलोमिटर सडक कालो पत्रे भइसकेको लामोसाँघु जिरी सडक विस्तार आयोजनाका प्रमुख दिप बराहीले जानकारी दिनु भयो । दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदरसंगको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । यो कम्पनीले म्याद सकिएको २ वर्ष वित्दा समेत कालोपत्रे सुरु गर्न सकेको छैन । दोस्रो प्यकेजको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असार देखी कम्पनीलाई ७ करोड हर्जना लगाएको छ । “पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम नगरेकोले ठेक्का रद्ध गर्ने प्रक्रिया अगाडी बढाउन लागेको प्रमुख बाराहीले बताउनु भयो । आज व्यानरमा फोटो बनाइएका सापकोटा दोस्रो प्याकेजको नेपाली कम्पनी शंकरमालिसँग आवद्ध रहेका छन । स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।

Shares

Be the first to comment on "सडकको अलपत्र पारेको भन्दै निर्माण व्यवसायीको फोटो टाँसियो"

Leave a comment

Your email address will not be published.


*