चरिकोटमा काम गर्ने क्रममा सख्त घाइते कामदारको उद्धार गरी काठमाडौ पठाइयाे

चरिकोट(दीस) – दोलखाको भीमेश्वर नगरपालिका वडा ५ स्थीत अनाथालयमा सडकमा काम गर्ने क्रममा सख्त घाइतेको कामदारको अाज उद्धार गरी काठमाडौ पठाइएको छ । बाँके जिल्ला कोहोलपुर कैंशिला नगरका अन्दाजी २२ बर्षका उमेश थापा मगरकाे काम गर्ने क्रममा मिक्चर मेसिनमा दाइने हात छिरेर गम्भीर चोट लागेको थियो । मगरको चरिकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौ पठाइएको नगर आपतकालिन कार्य संञ्चालन केन्द्र भीमेश्वर नगरपालिकाका अरुण खड्काले जानकारी दिनु भयो । केन्द्र र प्रहरीको समन्वयमा उहाँको उद्धार गरिएको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "चरिकोटमा काम गर्ने क्रममा सख्त घाइते कामदारको उद्धार गरी काठमाडौ पठाइयाे"

Leave a comment

Your email address will not be published.


*