चरिकोटमा आजबाट फुटसल प्रतियोगिता सुरु

चरिकोट (दीस)– चरिकोटमा आजबाट फुटसल प्रतियोगिता सुरु भएको छ । चरिकोटमा रहेको हिमालयन क्राउन एकेडेमीले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा १८ वटा टिमले सहभागि जनाएको एकेडेमीका शिक्षक गणेश बुढाथोकीले जानकारी दिनु भयो । फुटसल प्रतियोगिताको उद्धघाटन भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर मानन्धर गर्नु भएको थियो ।

मानन्धरले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा नगरपालिका विद्यालयहरुसँग सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो । खेलकुदको बिकासको लागि नगरपालिका सधै प्रतिबद्ध रहने बताउनु भयो । फुटसलमा प्रथम हुने टिमले १० हजार नगदसहित सिल्ड ,दोस्रो हुनेले ७ हजार नगद सहित सिल्ड प्राप्त गर्ने आयोजक संस्था जनाएको छ । उद्धघाटन कार्यक्रम एकेडेमीकी प्रधानध्यापक माया तामाङको सभापतित्वमा भएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा आजबाट फुटसल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*