चरिकोटमा सडक अलपत्र पार्ने ठेकेदारलाई ७ सय ४ रुपैया चन्दा संकलन

चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा आज काम नगर्ने ठेकेदार बिरुद्ध एक रुपैया अभियान संञ्चालन भएको छ । मुडे चरिकोट सडक खण्ड अन्र्तगत निर्माण जिम्मा लिइएका निर्माण व्यवसायी विरुद् यो अभियान संञ्चालन भएको हो । दोलखाका स्थानीयले यो अभियान अन्र्तगत ७ सय ४ रुपैया संकलन गरेका थिए । संकलन भएको रकम नागरिक अगुवा चिरन्जीबि मास्केले लामोसाँघु जिरी सडक सुधार आयोजनका प्रमुख दिप बराहीलाई हन्तान्तरण गरका थिए । मास्केका अनुसार निर्माण कम्पन्नी कालोपत्रे सुरुवात नगरेसम्म चरणबद्ध आन्दोलन गरिने छ । शंकरमाली निर्माण सेवाले पाँच बर्ष देखी सडक सुधार गर्ने जिम्मा पाएको सडक अलपत्र रहेको छ । पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रुपमा ठेक्का पाएका थिए । सो सडक निर्माण सम्पन्न भएको छ ।
शंकर मालीले ३० किमी सडक  दोस्रो प्याकेज ७० करोड ७० लाख ३४ हजारमा ठेक्का २०७२ चैतमा सम्झौता गरेको थियो । सो सडकका आधिकारीक प्रतिनीधि दिपक सापकोटाले सडक अलपत्र पारेका छन् । अहिले उनी आयोजनाको सम्पर्कमा बाहिर रहेको आयोजनाका प्रमुख बराहीले जानकारी दिए । यो सातामा कम्पन्नी प्रतिनिधी सम्पर्कमा नआएमा याे साता ठेक्का रद्ध गर्ने प्रक्रियामा जानेको उनको भनाई रहेकोछ ।

Shares

Be the first to comment on "चरिकोटमा सडक अलपत्र पार्ने ठेकेदारलाई ७ सय ४ रुपैया चन्दा संकलन"

Leave a comment

Your email address will not be published.


*