चरिकोटमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र भवन निर्माण

बाबुराम शर्मा
चरिकोट, साउन ११
दोलखाको भीमेश्वर नगरपालिका–६ स्थितको कोटिहोम यज्ञशालाको हाताभित्र अन्तर्राष्ट्रिय ध्यान केन्दको भवन निर्माण सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय वाग्मती प्रदेसको ४९ लाख ५० हजार र जनश्रमदान चार लाख ९५ हजार गरी कुल ५४ लाख ४५ हजार रुपियाँमा यो भवन निर्माण सम्पन्न भएको श्री कालिञ्चोक शान्तनन्द धर्मकर्म सेवा समिति अध्यक्ष ठाकुरप्रसाद घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार बहु वर्षीय योजना भएकाले आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेसको ११ लाख ३० हजार जनश्रमदान एक लाख १३ हजार, आव २०७७÷०७८ मा प्रदेसको ११ लाख ३० हजार, जनश्रमदान एक लाख १३ हजार, आव २०७८÷०७९मा प्रदेसको २६ लाख ९० हजार र जनश्रमदान दुई लाख ६९ हजार गरी कुल ५४ लाख ४५ हजार रुपैयाँमा यो भवन निर्माण भएको हो । यसको क्षमता सय जनाको रहेको छ ।

SA

अध्यात्म भावना जगाउँदै नैतिक आचारणयुक्त जीवन बिताउने वातावरण सिर्जना गर्न कोटिहोम यज्ञशालाको हाताभित्र अन्तर्राष्ट्रिय ध्यान केन्द्र सञ्चालन गर्न लागिएको श्री कालिञ्चोक शान्तनन्द धर्मकर्म सेवा समिति अध्यक्ष घिमिरेले जानकारी दिँदै भन्नु भयो, भौतिकवादी वातावरणलाई अध्यात्म बनाउँदै शान्ति प्राप्त गर्न अग्रसर बनाउने मुख्य उद्देश्य राखिएको छ । ध्यान केन्द्रले धार्मिक पर्यटकको वृद्धि हुने अपेक्षा पनि राखिएको छ ।
यहाँ गुरुकुल शिक्षाको पनि व्यस्था गर्न लागिएको जानकारी दिँदै, उहाँले भन्नु भयो, स्व. कालिञ्चोक शान्तनन्द बाबाका चेलाहरुबाट ध्यान केन्द्रको प्रशिक्षण गराउने सोच पनि रहेको छ । यसका लागि पहल पनि अघि सारिएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र भवन निर्माण"

Leave a comment

Your email address will not be published.


*