चरिकोटमा अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न

अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न

दीक्षण समाचार

चरिकोट, मंसिर २९

दोलखाको सदरमुकाम चरिकोटमा अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न भएको छ । एनपीआर स्विजरल्याण्ड र ग्रामीण विकास टुकी संघको आयोजनामा कार्तिक १५ देखि सुरु भएको शिविर बुधबार सम्पन्न भएको हो । ग्रामीण विकास टुकी संघको कार्यालय चरिघ्याङ्गमा सम्पन्न सो शिविरबाट बालबालिका, युवा र जेष्ठ नागरिक सहित एक हजार ४ सय जना लाभान्वित भएका छन् । फोकल पर्सन मुकुन्द दाहालका अनुसार शिविरमा हाडजोर्नी तथा नशा, कम्मर, ढाड, टाउको दुख्ने, बाथ रोग, ग्यास्ट्रिक, कब्जियतका बिरामीको अकुपंचार पद्धतिबाट उपचार भएको छ । लामो समयसम्म उपचारका लागि अन्यत्र धाएर पनि निको नभएपछि धेरै जना बिरामीहरु निको हुने विश्वासले शिविरमा आएका थिए । सियोले घोपेर गरिने अकुपंचार उपचार पद्धति नेपालमा लोकप्रिय भईरहेको छ । यो उपचार पद्धतिमा बिरामीले औषधिको सेवन गर्नु पर्दैन । साइड इफेक्ट पनि हुदैन ।

Shares

Be the first to comment on "चरिकोटमा अकुपंचर पद्धतिको उपचार शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*