चरिकोटबाट दोलखा एमालेले सुरू गर्यो प्रचार अभियान


चरिकोट ः आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दोलखा एमालेले आज देखि प्रचार अभियान सुरू गरेको छ । अभियानको सुरुवात एमाले दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेश सभा २ उम्मेदवार भरतबहादुरले केसी पानसमा बत्ति बालेर उद्धघाटन गर्नु भएको थियो । अभियानको नेकपा एमाले पार्टी पोलिटब्युरो सदस्यहरु आनन्द प्रसाद पोखरेल, ईश्वरी रिजाल , पार्वत गुरुङ ,केन्द्रीय सदस्य रचना खड्का !सरस्वती बस्नेत लगायतको उपस्थितिमा समारोह आयोजना गरी प्रचार अभियान सुरू गरिएको थियो . कार्यक्रममा चुनावी प्रचार गीत र भिडियो सार्वजनिक गरिएको छ । त्यस्तै नृत्य र टिकटक प्रतियोगिता पनि घोषणा गरेको दोलखा एमालेले जनाएको छ । कार्यक्रममा पोलिटब्युरो सदस्यसहित केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

Shares

Be the first to comment on "चरिकोटबाट दोलखा एमालेले सुरू गर्यो प्रचार अभियान"

Leave a comment

Your email address will not be published.


*