चरिकोटबाट चार हजार घुससहित खरिदार पक्राउ

 

दोलखा : चार हजार घुससहित घरेलु तथा साना उद्योग विकास समिति चरिकोटका खरिदार पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले खरिदार पुष्कर अधिकारीलाई पक्राउ गरेको हो। होटल दर्ताका लागि पुगेका सेवाग्राहीसँग अधिकारीले सुरुमा २० हजार मागेका थिए। कुरा भने ४ हजारमा मिलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  प्रहरीले अधिकारीको कोठामा खनतलासी गर्दा ६९ हजार ९ सय ५० रुपैयाँ भेटेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए। काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२, भकुण्डेवेशीका अधिकारीलाई प्रहरीले अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय दोलखामा राखेको छ।

Shares

Be the first to comment on "चरिकोटबाट चार हजार घुससहित खरिदार पक्राउ"

Leave a comment

Your email address will not be published.


*