चरिकोटकाे २ स्थानमा आइसोलेसन

दीक्षण समाचार
चरिकोट, बैशाख २६
दाेलखाकाे सदरमुकाम चरिकोट स्थित २ वटा भवनमा आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापन गरिने भएको छ । आज बसेकाे जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दाेलखाको बैठकले तत्कालिन महिला तथा बालबालिका कार्यालय दोलखाको भवन र नगरपालिकाको आइओएमको भवनमा चाडैँ आइसोलेसन सेन्टर व्यवस्थापन तथा निर्माण गर्ने निर्णय गरिएकाे दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले बताए ।  सेन्टरमा कोरोना प्रभावित व्यक्तिलाई व्यवस्थापन गरिने छ । आइसोलेसन सेन्टरमा जिल्ला ९ वटै स्थानीय तहहरुले १÷१ जनाको दरले स्टाफ नर्स उपलब्ध गराउनु पर्नेछ । आइसोलेसन सेन्टर खटिएका व्यक्तिहरुलाई सम्बन्धित पालिकाहरुले नै सेवासुविधा उपलब्ध गराउने बताइएको छ ।

Shares

Be the first to comment on "चरिकोटकाे २ स्थानमा आइसोलेसन"

Leave a comment

Your email address will not be published.


*