चरिकोटकाे सडकमा डिभाईडर राखियाे

दीक्षण समाचार
चरिकोट, असार १४
दोलखाको सदरमुकाम चरिकोट बजार क्षेत्रकाे सडकमा अाइतबार डिभाईडर राखिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने प्रमुख उद्धेश्यका साथ सातदोबाटो चोक हुँदै बजारका मुख्य सडकमा ९० वटा डिभाईडर राखिएको हो । यसले बजार क्षेत्रमा सवारी साधन सञ्चालनलाई व्यवस्थित बनाई दुर्घटनाबाट जोगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । हिलटेक कम्पनीले निर्माण गरेको सडक डिभाईडर ट्राफिक प्रहरीको पहलमा सडक डिभिजन कार्यालय दोलखाले व्यवस्थापन गरेको हो । सडकको अवस्थाअनुसार आवश्यकताका आधारमा थप डिभाइडरको व्यवस्थापन गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले जानकारी दिए । “यसले सडकको लेनको रुपमा काम गर्ने भएकोले ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापित गराउन सडक डिभाइडर राखिएको हो ।” उनले भने “एउटा डिभाइडरमा दुई सय लिटर पानी राख्न मिल्छ । पानी हाल्दा डिभाइडर गरुङ्गो हुन्छ । जसले गर्दा यसलाई अन्यत्र सार्न वा लैजान सजिलो हुँदैन । ”

तस्बिर साैजन्यः कवि सेढाइँ

Shares

Be the first to comment on "चरिकोटकाे सडकमा डिभाईडर राखियाे"

Leave a comment

Your email address will not be published.


*