शिक्षक कल्याण साकोसको ऋण लगानीमा विषेश प्याकेज

अनिल दहाल
चरिकोट, असार २८
दोलखा सदरमुकाम चरिकोटमा अवस्थित श्री शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना शेयर सदस्यहरुलाई ऋण लगानीमा विशेष प्याकेज लिएको छ ।
आइतबार एक सुचना जारी गर्दै शेयर सदस्यहरुलाई व्याज दरमा परिवर्तन ल्याएको हो । संस्थाले साउन १ गते बाट लागु हुने गरी विषेश सापटी नियमित (मासिक) बचत र शेयर ९० प्रतिशत सम्म ९.५, सरल ऋण मासिक÷चौमासिक किस्तामा ११.५ प्रतिशत, मासिक किस्तामा (सबै प्रकारको ऋण) १२ प्रतिशत र चौमासिक किस्तामा (सबै प्रकारको ऋण) १३ प्रतिशत रहेको जानकारी संस्थाका व्यवस्थापक नविन काफ्लेले जानकारी दिए । श्री शिक्षक कल्याण साकोस सहकारी विभाग र नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कुन) को रुप रहेको संयुक्त कार्यक्रम अन्र्तगत प्रोबेसन ब्रान्ड प्राप्त संस्था हो ।

Shares

Be the first to comment on "शिक्षक कल्याण साकोसको ऋण लगानीमा विषेश प्याकेज"

Leave a comment

Your email address will not be published.


*