चरणावती आविको भवन हस्तान्तरण

दीक्षण समाचार
चरिकोट, मंसिर १४
दोलखाको मेलुङ गाउँपालिका–३ घ्याङमा चरणावती आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण सम्पन्न भएको छ । कारितास इटालीको आर्थिक सहयोगमा नेपाल जेसुइत सामाजिक संस्थाले ४० सेट कुर्सी र टेबुल, १६ वटा कुर्सी ५ वटा टेबुल, ५ वट राउन्ड टेबुल, १० वटा कुशन र २५ मिटर कारपेट समेत गरी ४२ लाख २४ हजार ८ सय ४१ रुपैयाँ लागतमा भवन निर्माण गरिदिएको हो । भवन निर्माणको लागि विद्यालयका पूर्वविद्यार्थी पुस्कर बिश्वकर्माको पहल गर्नुभएको थियो । मंगलबार एक कार्यक्रमका बिच संस्थाका निर्देशक फादर रोय सेबास्टियन एस जेले सो विद्यालयका प्रधानाध्यापक हरिबहादुर कार्कीलाई साँचो प्रदान गरी नवनिर्मित भवन हस्तान्तरण गर्नुभयो । बाटो कच्ची भएको र पक्की पूल नभएको कारण वर्षा याममा सामान पुराउन मुस्किल भएको, पर्याप्त कामदारको कमी तथा कोरोना भाईरस महामारीको चुनौती र समस्या बिच भवन निर्माण पूरा गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको संस्थाका निर्देशक फादर रोय सेबास्टियन एस जेलले बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आइथ्री डेक्सटप वितरण गरिने बताउनुभयो । संस्थाले गरेको कामको विवरण सुनाउनुहुँदै हालसम्म नेपालभर ५० वटा विद्यालय भवन निर्माण गरिएको उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कार्कीले भवन निर्माण भएपछि गुणस्तर पठनपठानमा सहजता मिल्ने भन्दै खुशी व्यक्त गर्नुभयो । विद्यालय हस्तान्तरण कार्यक्रममा मेलुङ गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज सापकोटा, संस्थाका लेखा प्रमुख लरेन्स हस्दा, भुमेस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवबहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको राष्ट्रिय दलित पत्रकार संघ दोलखाका अध्यक्ष सुदिप रसाइलीले बताउनुभयो । संस्थाले विद्यालयका लागि ५५ इन्चको टिभी, ट्याबलेट, मोडम वितरण यस अघि नै वितरण गरिसकेको उहाँले बताउनुभयो । विद्यालयमा ७३ छात्र र ७९ छात्रा गरी एक सय ६२ जना विद्यार्थी अध्ययनरत छन् ।

Shares

Be the first to comment on "चरणावती आविको भवन हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*