चन्द्र काष्ठकला उद्योगलाई बैतेश्वर गाउँपालिकाकाे ५ लाख अनुदान

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ८
बैतेश्वर गाउँपालिकाले वडा नं ४ कुडारमा रहेको चन्द्र काष्ठ कला उद्योगलाई ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
चालु आर्थिक बर्ष सामाजिक विकास अन्तर्गत काष्ठकला तथा नेपाली कागज जिविकोपार्जन शिर्षकमा अनुदान उपलब्ध गराइने भएको हो ।
पालिकाका अध्यक्ष छवि लामाले साना तथा मझौला उद्योग प्रर्वद्धन गरि गरिबी निवारण गर्ने उद्देश्यका साथ अनुदान वितरण गरिने बताए ।
स्थानीय स्तरमा नै पाईने काठको सदुपयोग गर्दै काष्ठकलालाई विकास र विस्तार गर्ने सम्झौता उद्योगसँग भएको छ । केहिदिन अघि पालिकाले काष्ठकला उद्योगलाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराईकिएको उनले बताए ।  ३ लाख रुपैयाँमध्येबाट उद्योगका लागि औजार उपकरणका साथै कच्चापदार्थ काठ खरिद र तालिम सुरु गरिएको काष्ठकला उद्योगी चन्द्र बहादुर बिश्वकर्माले बताए । तालिम समापन पश्चात् बाँकी २ लाख रुपैँया प्राप्त हुने उनले बताए ।


काष्ठकला विस्तारका लागि तालिम
काष्ठकलालाई स्वदेशमात्रै नभई विश्वभर फैलाउन चन्द्र काष्ठकला उद्योगमा १५ दिने काष्ठकला तालिम सुरु भएको छ ।
फागुन २५ देखि चैत्र १० गते समापन हुने गरि अनुदानको रकमले चन्द्र उद्योग र बैतेश्चर गापाको आयोजनामा तालिम सुरु भएको हो ।
तालिममा ८ जना काष्ठ कलाकारहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण उद्योगी तथा कलाकार विश्वकर्माले गरिरहेका छन् । तालिममा सहभागी लप्से टोलका २० वर्षिय रबिन बराल सफल काष्ठ कलाकार बन्ने उद्धेश्य बोक्दै तालिममा सहभागी भएका छन् । उनले यो भन्दा अघि काठमाडौँमा बाइक मर्मतसम्भार गर्ने काम गर्दथे तर उनमा सन्तुष्ट प्राप्त हुन सकेन । गाउँमा काष्ठकला तालिमबारे थाहा पाएकाले तालिममा सहभागी भई सीप सिकि भविष्यमा राम्रो कलाकार बन्ने र पैसा कमाउने उद्धेश्यले तालिममा सहभागी भएको रबिन बताउँछन् ।


उमेश दर्नाल २९ वर्षका युवा हुन् । उनि पनि काष्ठकलालाई अझ निर्खानका लागि तालिममा सहभागी भएका छन् । पहिले पनि केही मात्रमा काष्ठकला सिकेका थिए । तालिमबाट नयाँ नयाँ शैलिको जानकारी र अभ्यास भइरहेको छ । उनले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतारी आम्दानी बढाउने बताउँछन् ।


त्यसैगरि अर्का युवा केशव बिक तालिममात्रै नभई काष्ठकला बिक्रीका लागि सहकार्य र समन्वयमा पालिकाले सहयोग गर्नुपर्ने बताउँछन् । काष्ठकलामा भविष्य देखेका दलित समुदायका युवाले उत्पादन गरेका कलाकृतिलाई बजार व्यवस्थापन गरिदिएमा काष्ठकलाबाटै शिखर चुम्ने उद्धेश्य पुरा हुने उनि बताउँछन् ।

त्यसैगरि तालिमबाट चन्द्र तमाङ, गीता बिश्वकर्मा, कृष्ण बिश्वकर्मा, आकाश विश्वकर्मा र अम्बिका बिश्वकर्माले काष्ठकला सीप सिकिरहेका छन् ।
उद्योगी कलाकार बिश्वकर्मा भन्छन् “पालिकाले अनुदान उपलब्ध गराएकाले धेरैलाई काठको मुर्ति बनाउन सिकाउने अवसर प्राप्त भएको छ । पालिकाले अनुदान उपलब्ध गरायो, खुशी लाग्यो ।” बजार ब्यबस्थापनमा सहयोग गर्न जिल्लाको मुख्य मुख्य बजारमा बिक्री केन्द्र सञ्चालन गर्नेमा विश्वस्त रहेको उनले बताए ।

Shares

Be the first to comment on "चन्द्र काष्ठकला उद्योगलाई बैतेश्वर गाउँपालिकाकाे ५ लाख अनुदान"

Leave a comment

Your email address will not be published.


*