‘घोषणापत्र अनुसार काम गर्छाैँ’

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ४
जिरी नगरपालिकामा पाँच वर्ष अघि उपप्रमुख क‌ृष्णमाया बुढाथाेकी  निर्वाचित हुनुभयो। उक्त जिम्मेवारी बहनका क्रममा उहाँले कुनै पनि विवादित काम गर्नुभएन । आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर हरप्रहर जनताको सेवामा तत्लिन हुनुभयो । एक पार्टीको नभई जिरी नगरपालिकामा सबैको उपप्रमुख बन्नुभयो । न्यायिक समितिको संयोजक भएर ‘अन्यायमा  बाँचेकाहरुलाई’ न्याय दिलाउनेदेखि बजार अनुगमन समितिको संयोजक भई उपभोक्ताको अधिकार रक्षा गर्ने सम्मका कार्यमा उहाँको उल्लेख्य योगदान रह्यो । कोरोना महामारीको बेला होस् वा त्यस्तै अन्य विपतिका बेला । नागरिकका लागि  ‘मल्हम’ बन्नुभयो । पाँच वर्षसम्म शासक नभई सेवकको रुपमा उहाँले काम गनुर्भयो ।
पाँच वर्षे कार्यकाल सकिन लाग्यो । तर बुढाथोकीलाई काम गरिरहँदा थकान महसुश पटक्कै भएन, सम्मादित कामबाट सन्तुष्टि प्राप्त भइरहेको थियो । उहाँलाई जनताको सेवामा रमाउने रहर पुगेकै थिएन । त्यसैले दोस्रो कार्यकाल पनि उपप्रमुखमै दोहोरिने इच्छा जाहेर गर्नुभयो । जनताले पुनः जिताएर सेवा गर्ने मौका दिन्छन्, भन्ने उहाँको विश्वास दृढ थियो । दोस्रो स्थानीय तहको निर्वाचनका लागि उहाँ उपप्रमुखको उम्मेदवार बन्नुभयो ।
बैशाख ३० गते मतदान कार्य सकियो । आइतबारदेखि मत गणना गर्न थालियो । उहाँ विश्वस्त हुनुहुन्थ्यो  ‘उपप्रमुख पद प्रतिद्धन्द्धिले लादैनन् !’ चार दिनको प्रतिक्षापछि उपप्रमुख पद उहाँकै पोल्टामा पर्यो । शनिबार देखि सुरु भएको मतगणना मंगलबार सम्पन्न भएको हो । मतगणनाको नतिजाअनुसार उहाँ दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले पराजय बेहोर्दै निराश हुनुपरेन । अहिले विजयी उत्सव मनाइरहनु भएको छ । ६ गते देखि उहाँको पुनः उपप्रमुखको यात्रा सुभारम्भ हुने छ ।
जिरीवासीले तीन हजार ४ सय ३४ मत प्रदान गरी बुढाथोकीलाई पुनः उपप्रमुखमा जिम्मेवारी वहन गर्ने र २०७४ मा झैँ प्रफुल्लित हुने अवसर दिएका हुन् । नेकपा माओवादीबाट उपप्रमुखका उम्मेदवार तेजबहादुर गोलेलाई हराउँदै बुढाथोकीले जित हासिल गर्नुभएको हो । गोलेले बुढाथोकीको भन्दा कम मत अर्थात् तीन हजार १ सय २० मत पाएर पराजय स्विकार्न बाध्य हुनुभएको छ । नवनिर्वाचित उपप्रमुख बुढाथोकीले गठबन्धन हुँदा पनि जनताले आफूलाई माया सँगै उच्च मत दिएर विजयी गराएकोमा अत्यधिक खुशी लागेको बताउनुभयो। जनताले विश्वास गरी दिएको मतको कदर गर्दै संसदीय व्यवस्थामा रहेर काम गरेको पहिलो कार्यकालको अनुभव र सिकाई क्षमताको आधारमा दोस्रो कार्यकाल अझ सुदृढ, परिस्कृत र प्रभावकारी बनाउने दाबी गर्नुभयो। “ जनताले मत दिए, अब जनतलाई हामी विकास र सुविधा दिन्छौं ।“ बुढाथोकीले भन्नुभयो “घोषणापत्रमा लेखिएका योजनाहरु जनताको सुझाव र सल्लाह बमोजिम पुरा गर्ने छौं।“

Shares

Be the first to comment on "‘घोषणापत्र अनुसार काम गर्छाैँ’"

Leave a comment

Your email address will not be published.


*