घुस प्रकरणमा लागेका दाेलखाका प्रमुख जिल्ला अधिकारी रिजालको आफ्नै कार्यालयमा आतङ्क

चरिकोट –घुस काण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आफ्नै कार्यालयमा आतङ्क मच्चाउने गरेको जिल्ला प्रशासन कार्यालय दोलखा स्रोतले बताएको छ । उनी कार्यालय प्रवेश गर्दा प्रशासनका कर्मचारी सेवाग्राहीको काम गर्दा पनि सवै कर्मचारी उठेर बस्नु पर्ने नियम बनाएका थिए । उनी कार्यालय जुन समय प्रबेश गर्दा पनि सवै कार्यालयका कर्मचारी नउठेमा “तँलाई थाहा छैन, प्रमुख जिल्ला अधिकारी आएको उठ्नु पर्दैन ”भनेर हप्काउने गरेको एक कर्मचारीले दीक्षण दैनिकलाई बताए ।
गोप्य कोठा घुस लिने अखडा
रिजालले प्रमुख जिल्ला अधिकारीको गोप्य कोठालाई घुसको बार्गेनिङ कोठाको रुपमा बनाउने गरेको स्रोतले बताएको छ । उनको कार्यक्षेत्रको आउने सार्वजनिक मुद्धामा उनीहरुलाई पहिला धेरै धरौटी तोक्ने गरेका थिए । त्यस पछि मुद्धा छिन्न ढिला गर्दैसेवाग्राही सँग मोटो रकम असुल गर्ने गरेको स्रोत बताएको छ । उनले कालिञ्चोक गाउँपालिका–१, उदिम तमाङ र इन्द्रबहादुर तमाङलाई सार्वजनिक सुरक्षा मुद्दा तथा पटके मुद्दाका आरोपी मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानले प्रजिअ रिजालले आरोपीका आफन्तसँग गोप्य कोठामा घुस बार्गेनिङ गर्ने कोठा बनाएका थिए । कुमार तामाङसँग कोठामा लगेर “एक लाख दिन्छ भने बच्छस ,अन्यथा तँलाई ९ बर्ष जेल हाल्छु ”भन्दै पैसा मागेको तमाङले बताए ।
आफ्नै कर्मचारीसँग विस्वास थिएन
रिजालले आफ्नै कर्मचारीलाई समेत विश्वास गर्दैनथे । जिल्ला प्रशासनको मताहतमा रहेको कार्यालयको छड्के जाँच गर्ने बेलामा उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगै आफ्ना सुरक्षा कर्मचारी पछि लगाउने गरेका थिए । सुरक्षाकर्मीलाई “आफ्ना कर्मचारीले के कुरा गर्छ ,त्यो समेत मलाई भन् भनेर सँगै पठाएको स्रोतले बताएको छ । एक पटक सिंचाई कार्यालयमा छड्के जाचँको क्रममा हाजिर रातो लगाउन आफना कर्मचारीलाई नभएर आफना सुरक्षाकर्मीलाई अधिकार दिएका थिए ।
गुह मन्त्रालय तानिए
घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी रिजाललाई गृह मन्त्रालयले दोलखाको सिडिओको जिम्मेवारीबाट हटाएको छ।प्रहरीले जिल्ला प्रशासनमा पेश गरेको दुई ओटा मुद्धाका प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश गर्दा उनिहरुका परिवारबाट घुस लिएको घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले शुक्रबार उनलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। निर्णयको केही घण्टा अघि सिडिओ रिजालले शुक्रबारै जिल्ला छाडेका छन्। जिम्मेवारी खोसिए लगत्तै रिजाल मन्त्रालय तानिएका छन्।गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले घुस प्रकरणमा प्रजिअ रिजालको नाम जोडिएपछि उनलाई जिम्मेवारीबाट हटाईएको गृह स्रोत बताएको छ ।
कर्मचारीबाट पनि घुस
विगु गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी र स्थानीय महिलाबीचको झगडा थाहा पाए लगत्तै गत असोजमा मौखिक आदेशमा जिल्ला प्रशासन झिकाएका रिजालले ती दुई कर्मचारीबाट ४ लाख रुपैयाँ रकम असुलेको आरोप विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले लगाए। पहिलो पटक प्रशासनमा झिकाउँदा ती पुरुष कर्मचारीलाई दुबै पटक तारेखमा डाकेका रिजालले प्रत्येक तारेखमा १ लाखका दरले ४ लाख असुलेको उपाध्यक्ष ओलीले बताए। तेस्रो तारेखमासमेत बोलाइएपछि आफुहरु सिडिओ लामिछानेले निरन्तर रकम मागेर आफुहरुलाई पिडित बनाएको बताएपछि विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली र जिल्लाका केही जनप्रतिनिधि असोज तेस्रो साता गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा डेलिगेसन गएका थिए। थापाले त्यतिबेला सिडिओ रिजाललाई कारवाही गर्ने आश्वासनसमेत दिएका थिए।

Shares

Be the first to comment on "घुस प्रकरणमा लागेका दाेलखाका प्रमुख जिल्ला अधिकारी रिजालको आफ्नै कार्यालयमा आतङ्क"

Leave a comment

Your email address will not be published.


*