घाइते मधेशीको उपचारमा, चरिकोटबाट रगत संकलन

दीक्षण समाचार
दोलखा, २० चैत
हुरीबतासले मधेशी जनताहरु घाइते उपचारका लागि अस्पतालमा छन् । उनीहरुको उपचारका लागि रगतको अभाव भएको खबर प्राप्त हुनसाथ चरिकोटमा रगत संकलन भएको छ । रगतको अभावमा जो कोही नागरिकको ज्यान जानु हुन्न भन्ने उद्देश्यले बारा, पर्साका हुरी पीडितहरुको उपचारका लागि रगत पठाउन संकलन गरिएको हो ।
बुधबार जिल्ला अदालत दोलखाले नेपाल रेडक्रस सोसाइटी र दोलखा सामुदायिक अस्पताल प्रालिसँगको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । अरु दिन रक्तदान कार्यक्रम भनेपछि धेरैको चासो नहुने भए पनि बुधबार रक्तदानमा इच्छा देखाउनेको भीड नै लाग्यो । रक्तदान कार्यक्रमको व्यानरमा लेखिएको थियो “बारा, पर्सामा हावा हुरी पीडितको उपचारका लागि रक्तदान कार्यक्रम” । यो नाराले पनि धेरैलाई मानवीय रुपमा पनि रक्तदान गर्न तयार भए ।
बुधबार ५५ जनाले रक्तदानमा भाग लिए । दोलखामा रहेको ब्लड बैंकको क्षमता त्योभन्दा बढी नभएपछि धेरैको इच्छा हुँदा पनि रक्तदान गराउन सकेन । बुधबार सहकारी दिवस मनाउँन सातदोबाटो पुगेका प्रदेश सांसद विशाल खड्का पनि रक्तदान कार्यक्रम देख्ने वित्तीकै उनी पनि रक्तदानमा सहभागी भए । सांसदसँगै जिल्लाका अन्य जनप्रतिनिधिहरु हिरा थोकर, निजामति कर्मचारी, व्यवसायी, नेपाली सेवा, प्रहरी, सशस्त्र प्रहरीहरु पनि रक्तदानमा सहभागी भए । रक्तदानमा जिल्ला अदालत दोलखाका मात्र १७ जना कर्मचारी सहभागी भए ।
नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेलले नेपाल रेडक्रसको केन्द्र र बारा जिल्ला शाखासँगको समन्वयमा घाइतेको उपचारका लागि रगत पठाउने व्यवस्था मिलाउने जानकारी दिए । बारा र पर्सामा हुरी बतासले ३ दिन अघि धेरैको घरबास उठिबास लगाएपछि पहाडी र हिमाली जनतालाई पनि चिन्तित बनाएको छ । अहिले उनीहरु ४ वर्ष अघि आफ्नो क्षेत्रमा भुकम्पले पीडित हुँदा मधेशबाट राहत बोकेर आएर आफ्नो गाँस, बास र कपासमा सहयोग गरेको सम्झि रहेको बताउँछन् ।

Shares

Be the first to comment on "घाइते मधेशीको उपचारमा, चरिकोटबाट रगत संकलन"

Leave a comment

Your email address will not be published.


*