घाइतेको उपचारमा विगू गाउँपालिका अध्यक्षको सहयोग

सिंगटी – विगू गाउँपालिका वडा नं. १ लामाबगरमा शनिबार राती पहिरोजाँदा ६ घरमा पूर्ण क्षति भएको छ भने एक घाइते भएका छन् । घाइते हुनेमा लामाबगरकी ४० वर्षिया असरी तमाङ रहेको वडाध्यक्ष हिरण्डे गुरुङले जानकारी दिए । उनको दाहिने हात भाँचिएको छ भने दुवै गोडामा चोट लागेको छ ।

घाइतेको उपचारका लागि विगू गाउँपालिका अध्यक्ष युधिष्टिर खड्काले व्यक्तिगत रुपमा १० हजार र वडा अध्यक्ष गुरुङले ५ हजार नगद सहयोग गरेका छन् । साविक लामाबगर गाविस वडा नं. २ पारीपट्टि राती मुसलधारे बर्षापछि राती चौकी खोलामा आएको बाढीले स्थानीयका घरहरु क्षति पु¥याएको हो । खोलामा बाढी आउने संकेतपछि स्थानीयहरु सुरक्षित ठाउँमा गएर ज्यान बचाए तापनि ६ घरमा पूर्ण क्षति भएको छ । त्यसैगरी एक जना घाइते भएकी छिन् ।

घर पूर्ण क्षति हुनेहरुमा वीरबहादुर तमाङ, माग्ने तामाङ, मिले तमाङ, निमाछिरि तमाङ, निमा तमाङ रहेको उनले जानकारी दिए । घाइतेको उपचार र घर क्षति हुनेहरुका लागि तत्काल राहत वितरणका लागि गाउँपालिका अध्यक्ष खड्का, उपाध्यक्ष सञ्जिव ओली सहित राहत वितरणका लागि शनिबार साँझ लामाबगर पुगेका थिए ।

वडा अध्यक्ष गुरुङले शनिबार साँझ बाढी पीडितलाई राहत स्वरुप त्रिपाल लत्ताकपडा र भाँडाकुँडा वितरण गरेको बताए ।

विगू गाउँपालिकाले प्रकोप पीडितहरुका लागि भन्दै आकस्मिक कोषको व्यवस्था समेत गरेको छ । अहिले सानै कोषबाट भए पनि यसको सुरुवात गरेको अध्यक्ष खड्काले बताए । यसलाई बढाउँदै लैजाने उनले बताए ।

 

Shares

Be the first to comment on "घाइतेको उपचारमा विगू गाउँपालिका अध्यक्षको सहयोग"

Leave a comment

Your email address will not be published.


*