घरेलु विकास समितिद्धारा असोज महिनामा ८ लाखभन्दा बढी राजस्व संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट कार्तिक ५
घरेलु तथा साना विकास समिति दोलखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को असोज महिनामा ८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
समितिले वाणिज्य तर्फ नयाँ दर्ता तथा नविकरण र उद्योग तफ नयाँ दर्ता तथा नविकरणबाट ८ लाख २४ हजार ५ सय ७५ रुपैँया संकलन गरिएको हो ।
समितिका अनुसार सो महिनामा १९ दर्ता र ३९ वटा वाणिज्य उद्योग नविकरण गरि ४ लाख २६ हजार ३ सय ५० रुपैँया संकलन भएको थियो ।
उद्योग तर्फ नयाँ उद्योग ४० वटा र ४७ वटा नविकरण बाट ३ लाख ९८ हजार २ सय २५ रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख सुजित कुमार झाले बताए । आर्थिक वर्षको साउन देखि असोजसम्ममा ६ सय ३६ वटा नयाँ उद्योग दर्ता तथा नविकरण गरिएको छ ।
गत साउन र भदौ महिनामा १८ लाख ६६ हजार ९ सय ७५ रुपैँया राजस्व संकलन गरिएको उनले बताए । आर्थिक वर्षको सुरुदेखि असोजसम्ममा २७ लाख ९१ हजार ३ सय रुपैँया राजस्व संकलन भएको झाले बताए ।
समितिले गत आर्थिक वर्ष २०७५÷०७६ मा सोही शिर्षकमा ५५ लाख ४९ हजार राजस्व संकलन गरेको उनले बताए ।
समितिले उद्योग व्यवसाय दर्ता, नविकरण, दर्ता भएका उद्योगका उद्योगीलाई विभिन्न मेशेनरी सामग्री वितरण तथा विभिन्न तालिम लगायतका कार्यक्रम गर्दछ । गत वर्ष ३२ लाख बराबरको मेशेनरी सामग्री ८० प्रतिशत अनुदानमा समितिले उद्योगी तथा व्यवसायीलाई हस्तान्तरण गरेको प्रमुख झाले बताए । चालु आर्थिक वर्षमा भने करिब ४३ लाखको मेशेनरी सामग्री हस्तान्तरण गरिने कार्यक्रम रहेको उनले बताए ।

Shares

Be the first to comment on "घरेलु विकास समितिद्धारा असोज महिनामा ८ लाखभन्दा बढी राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*