घरेलु तथा साना उद्योग महासँघ वैत्यस्वर गाउँपालिकाको अध्यक्षमा जिरेल चयन

चरिकोट (दीस) –घरेलु तथा साना उद्योग महासँघ वैत्यस्वर गाउँपालिकामा हरी बहादुर जिरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रिकेस गिरी ,महिला उपाध्यक्षमा बुथी दमिनि, महासचिवमा बिमला दहाल ( घिमिरे) , काेषाध्यक्षमा  दधिराम घिमिरे चयन भएका छन् । सदस्यमा  पुन्य बहादुर बि.क. , सम्झना अधिकारी, जमुना कार्की , मैया नेपाली चयन भएका छन् । अन्य ४ जना सदस्य पछि मनोनित गरिने नबनिर्बाचित अध्यक्ष जिरेलले बताए ।
जिल्ला प्रतिनिधिमा शेर बहादुर खड्का र गोमा दहाल निर्वाचित भएका छन् । वैत्यस्वर ५ का वडा अध्यक्ष माधव दहालको प्रमुख अतिथी र रिसिकेश उप्रेतिको बिषेेश आतिथ्य र घरेलु तथा साना उद्योग महासँघका केन्द्रिय प्रतीनिधी ठाकुर प्रसाद घिमिरेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "घरेलु तथा साना उद्योग महासँघ वैत्यस्वर गाउँपालिकाको अध्यक्षमा जिरेल चयन"

Leave a comment

Your email address will not be published.


*