घरायसी बिवाद चर्के पछि श्रीमतीले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेपछि…..

घाइते चौलागाई थप उपचारको लागि काठमाडौ लाने क्रममा /फोटो सामाजिक संन्जालबाट

चरिकोट(दीस)–घरायसी बिवाद चर्के पछि श्रीमतीले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरी घाइते बनाएकी छन। आज बिहान ६ बजेतिर दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलु स्थित श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाइते भएका हुन् । भीमेश्वर नगरपालिका जिलु बस्ने बर्ष २६ को भरत चौलागाई र निजको श्रीमति बर्ष २४ कि अप्सरा चौलागाई घरायसी बादबिबादको बिषयलाई लिइ श्रीमतिले खुकुरी प्रहार गर्दा घाटिको दाहिने साईडमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिए । घाइते चौलागाईको सदरमुकाम चरिकोट स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ । घटनाको थप अनुसन्धानका लागि श्रीमतीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनको दाहिने हातमा चोट लागेको बताइएको छ ।

Shares

Be the first to comment on "घरायसी बिवाद चर्के पछि श्रीमतीले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेपछि….."

Leave a comment

Your email address will not be published.


*