घरमा आगलागी हुँदा वृद्धाको मृत्यु

दीक्षण समाचार
चरिकोट, जेठ ३०
दोलखामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा निस्सासिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका वडा नं. १ स्थित घरमा आगलागी हुँदा सुतिरहेका ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको हो । सोमवार बिहान करिब ३ बजे विद्युत सर्ट भई घरमा आगलागी भएको र झ्यालढोका पनि बन्द रहेकोले मगरको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । छिमेकीले उद्धार गर्ने प्रयास गरेपनि उहाँको मृत्यु भइसकेको थियो। बिहान घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको पुष्टि गरेको हो । प्रहरी टोलीले मृतकको शव चरिकोट अस्पतालमा ल्याइरहेको प्रहरी निरीक्षक राज सिग्देलले बताउनुभयो।

Shares

Be the first to comment on "घरमा आगलागी हुँदा वृद्धाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*