घरआँगनबाटै भत्ता वितरणले कालिञ्चाेक गाउँपालिका वडा नम्बर ३ मा खुसी

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन २१
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि भत्ता पाएकाहरु खुसी भएका छन् ।
वडाले आफ्नो टोलभित्रका सम्पुर्ण गाउँमा दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेसगैँ उनिहरु खुसी भएका हुन् ।
वडाका नागरिकहरुले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता घरमा नै पु¥याएकोमा वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलितहरु खुसी भएका छन् ।
वडाका जेष्ठ नागरिक पुण्य प्रसाद खतिवडाले वडाले घरघरमैँ सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरि पुण्यको काम गरेको बताए ।
त्यसैगरि जेष्ठ नागरिक सरस्वती शिवाकोटीले भनिन् “हामी बृद्धहरु लौरो टेकेर भत्ता लिन जानुपथ्र्यो पहिले पहिले । अहिले वडाले घरआँगनमै भत्ता लिएर आएकाेमा मलाई त अत्यन्तै खुसी लाग्यो ।”
वडाले सोमबारबाट सामाजिक सुरक्षा भत्ता वितरण अभियान सञ्चालन गरेको थियो । वडाका १ सय २१ जेष्ठ नागरिक, ८ जना दलित जेष्ठ नागरिक, १ जना एकल महिला गरि ५५ जना महिलालाई सामाजिक सुरक्षा भत्ता मार्फत्को रकम वितरण गरिएको छ ।
२२ जना दलित बालबालिका, आंशिक अपाङ्ग १ जना र पुर्ण अपाङ्ग गरि २ जनाला अपाङ्गलाई मापदण्ड अनुसारको सामाजिक सुरक्षा भत्ता बापतको रकम घरमैँ पुगि वितरण गरिएको वडाध्यक्ष निशान बुढाथोकीले बताए । सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सबैलाई बुधबार नै भत्ता वापतको रकम वितरण गरिएको उनले बताए ।
उनका अनुसार वडाका सबै जेष्ठ नागरिक र अपाङ्गहरुलाई घरमैँ पुगेर परिचय पत्र वितरण गरिएकोले उनिहरु खुसी भएका छन् । तस्बिर निशान बुढाथाेकी

Shares

Be the first to comment on "घरआँगनबाटै भत्ता वितरणले कालिञ्चाेक गाउँपालिका वडा नम्बर ३ मा खुसी"

Leave a comment

Your email address will not be published.


*