गौहत्याको विरोध गर्दै राप्रपा दोलखाले बुझायो ज्ञापन पत्र

चरिकोट(दीस)ः राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले धरानमा भएको गौ हत्याको विरोध गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखा मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय दोलखामा पुगी राप्रपा दोलखाले सो ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा केही दिन अघि धरानमा गाई काटी खाएको दृष्य सामाजिक संजालमा हाल्ने तथा त्यस्ता गतिविधि खुल्ला रुपमा गर्न पाउनु पछ भनी खुलेआम चुनौती दिनेहरुलाई कारवाही गर्न सरकारले उदासिनता देखाएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । बहुसंख्यक हिन्दु रहेको देशमा ओमकार परिवारलाई चुनौति दिने मन्दिरको आगाडि चर्च निर्माण गर्ने जस्ता घटनाले बढाउने सामाजिक द्वद्वप्रति सरकार उदासिन रहेकोले हिन्दु धर्मावलम्बीको आस्थाप्रति चोट पुगेको राप्रपाको ठहर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै प्रचलित कानुनको बर्खिलाफ हुने गरी काम गर्नेहरुलाई कडा कारवाही गर्न पार्टी सचिव राम तामाङद्वारा हस्ताक्षरित ज्ञापनमत्रमा माग गरिएको छ ।

Shares

Be the first to comment on "गौहत्याको विरोध गर्दै राप्रपा दोलखाले बुझायो ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*