गौरीशंकर सामुदायिक पुस्ताकालयद्धारा चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

चरिकोट(दीस) – दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर सामुदायिक पुस्ताकालयले आज चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चरिकोट अस्पतालका अध्यक्ष समेत रहेका भीमेश्वर नगरपालिकाका मेयर भरत के.सीलाई पुस्ताकालयका अध्यक्ष कृष्ण बस्नेतले उक्त स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन् । आज हस्तान्तरण गरिएको सामग्री कोभिड संक्रमणको उपचारको लागि प्रयोग हुने रहेका छन् । ए.एस .वी जर्मन, रिड नेपाल र गौरीशंकर सामुदायिक पुस्तकालयको समन्वयमा संचालित “एमर्जेन्सी रेसेपोन्स कोभिड–१९” परियोजना अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार हस्तान्तरण सामग्री डिजिटल थर्मोमिटर ,डिजिटल वयर स्केल,नेबुलाइजर , पेरिलाइट , फुटस्टेप,वारट बाथ डिजिटल,पल्स अक्सोमिटर ,डिजिटल विपी ,वाटर डिस्पीसर तथा जार रहेका छन् । महामारीको बेला पुस्ताकालय बिभिन्न क्षेत्रमा स्वास्थ्य समाग्री सहयोग गर्दै आएको छ । महामारीमा सानो सहयोगले संक्रमण नियन्त्रण सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

Shares

Be the first to comment on "गौरीशंकर सामुदायिक पुस्ताकालयद्धारा चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*