गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्ने पर्यटकको संख्यामा बृद्धि

ईश्वर विश्वकर्र्मा,चरिकोट ः गौरीशंकर संरक्षण क्षेत्र आयोजना रुजिक्याप) मा बाह्य पर्यटकको संख्या बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने बाह्य को संख्या बढेको हो ।
संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी दाहालले जैविक विविधता र प्राकृतिक सम्पदाहरुको रमाएर अवलोकन गर्न सकिने भएकोले पर्यटकीय गतिविधि बढेको बताउनु भयो । उहाँका अनुसार चालु वर्ष ४ सय १६ जना विदेशी पर्यटकले संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । भ्रमण गर्नेमा ३९ देशका पर्यटक रहेका छन् । जसमा सबैभन्दा बढी ७१ जना फ्रान्सका रहेका छन् । यसैगरी अमेरिकाका ४८, जर्मनका ४२, बेलायतका ३१, स्पेनका २८, अष्टूेलियाका २२ स्विजरल्यान्डका १७, क्यानडाका १४, जापानका ९ जना रहेको सूचना अधिकारी दाहालले बताउनु भयो । आन्तरिक पर्यटकको चहलपहल नियमित भइरहे पनि ती पर्यटकको तथ्याङ्क भने संरक्षण क्षेत्रले राख्दैन ।
गौरीशंकर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा पर्ने हाल दुई वटा नगरपालिका र आठ वटा गाउँपालिकाका भागहरु मिलेर बनेको हो । यको पूर्वमा सगरमाथा राष्टिूय निकुञ्ज, पश्चिममा लाङटाङ राष्टिूय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । गौरीशंकर संरक्षण भित्र पर्यटकको सुविधाको लागि ८२ वटा होम स्टे सञ्चालनमा रहेको छ । संरक्षण क्षेत्रले होमस्टे प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सूचना अधिकारी दाहालले बताउनु भयो ।

Shares

Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्ने पर्यटकको संख्यामा बृद्धि"

Leave a comment

Your email address will not be published.


*