गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप)ले ३ सय भन्दा बढि सचेतना कार्यक्रम ग¥यो

ईश्वर बिश्वकर्मा , चरिकोट

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले ३ सय भन्दा बढि सचेतनाको कार्यक्रम गरेको छ । जिक्यापले स्थापनाको १० बर्षको अवधीमा संरक्षण क्षेत्रभित्र पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको विभिन्न स्थानमा वन र वातावरण संरक्षणसम्बन्धी ३ सय ७९ पटक सचेतना कार्यक्रम गरेको हो ।

स्थानिय बासिन्दा, जनप्रतिनिधि, सरोकारवाला निकायसँग समयसमयमा संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम गरिएको जिक्यापले जनाएको छ । पटक पटक गरिएको सचेतना कार्यक्रममा २० हजारभन्दा बढि मानिसको सहभागिता रहेको थियो । साथै संरक्षण क्षेत्रको गतिविधीको जानकारी दिन र सचेतना बृद्धि गराउन दोलखाका ५ वटा स्थानिय रेडियो मार्फत गौरीशंकर दर्पण कार्यक्रम प्रशारण गरिएको छ ।

वार्षिक रुपमा प्रकाशन गर्ने आयोजनाको वार्षिक मुखपत्र गौरीशंकर दर्पण मार्फत् स्थानिय जनता तथा सरोकारवालाहरुलाई सार्वजानिक सुनुवाईको रुपमा सम्प्रेषण समेत भएको छ । जनचेतना मुलक कार्यक्रमले गर्दा वन, वन्यजन्तु तथा प्रकृति संरक्षण प्रति आस्था बढेको छ । यसले गर्दा स्थानियहरु आफै वन्यजन्तु उद्दारमा लागेका छन । जनचेतनको कारण चोरी शिकारी लगायत अबैद्य क्रियाकलाप घटेको तथा स्थानियहरु आफै पनि चोरीशिकारी नियन्त्रणमा लागेको आयोजना प्रमुख सत्यनारायण शाहले बताए ।

२५ वटा विद्यालयहरुमा संरक्षण शिक्षा

संरक्षण क्षेत्र भित्र रहेको मध्ये २५ वटा विद्यालयहरुमा संरक्षण शिक्षा लागु भएको छ । ति विद्यालयहरुमा प्रकृतिको सन्देश भाग १, २ र ३ क्रमश कक्षा ६, ७ र ८ मा अध्यापन भैरहेको छ । उक्त शिक्षा जम्मा ९ हजार ४ सय ८५ जना विद्यार्थिहरुले पाएका छन् । संरक्षण शिक्षा लागु भएको विद्यालयहरुका १ हजार ७ सय जना विद्यार्थीहरुले छात्रवृत्ति पनि प्राप्त गरेका छन् । १ हजार ६ सय ५ जना विद्यार्थीहरुको संलग्नतामा २५ वटै विद्यालयमा ग्रिन फोर्स क्लब पनि गठन भएको आयोजना प्रमुख शाहले बताए ।

क्षमता अभिवृद्धि तालिमबाट ४ हजारभन्दा बढि लाभान्वित

जिक्यापले गरेको क्षमता अभिबृद्धि तालिमबाट १० वर्षको अवधीमा ४ हजार भन्दा बढि लाभान्वित भएका छन् । विभिन्न व्यक्ति तथा व्यवसायिहरुको क्षमता अभिबृद्धि गर्ने र संरक्षणमा पनि सहयोग पुग्ने गरि गरेको तालिमबाट ४ हजार ४ सय ५७ जना मानिसहरु लाभान्वित भएका हुन् । क्षमता अभिवृद्धि अन्तर्गत स्थानिय किसान, शिक्षक, होटल तथा लज व्यवसायिहरुको क्षमता अभिवृद्धि गर्न समयसमयमा आयोजनाले क्षमता अभिवृद्धि तालिम कार्यक्रम संचालन गरेको थियो । स्थापना देखि हालसम्म, संरक्षण शिक्षा, संरक्षण किसान, संरक्षण गार्ड, अलैचि खेती, पर्यटन व्यवसायि, होटल व्यवस्थापन, घरबास व्यवस्थापन जस्ता १ सय ७० पटक तालिम आयोजना गरेको जिक्यापले जनाएको छ ।

दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रका २ न.पा. र ८ गा.पा.का २५ वटा वडाहरु (साविकका २२ गा.वि.स.) समेटी २१७९ व.कि.मि. क्षेत्र तोकि वि.सं. २०६६ सालमा गौरीशंकर संरक्षण क्षेत्रको घोषणा भई यसको व्यवस्थापनको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो । हाल यस संरक्षण क्षेत्र आयोजनाले १० वर्ष पुरा गरेको छ ।

Shares

Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप)ले ३ सय भन्दा बढि सचेतना कार्यक्रम ग¥यो"

Leave a comment

Your email address will not be published.


*