गौरीशंकर संरक्षण क्षेत्र चुचुरे रामेछापको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

ईश्वर दहाल/शिवालय– गौरीशंकर संरक्षण क्षेत्र इलाका कार्यालय चुचुरे शिबालय रामेछापको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम“ गोकुलगंगा गाउँपालिका चुचुरेमा सम्पन्न भएको छ ।

सो वडा अध्यक्ष मणि कुमार लामाको प्रमुख आतिथि एवम संरक्षण क्षेत्र व्यबस्थापन समिति चुचुरे,रामेछापका अध्यक्ष श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे । आयोजनाको शिवालय स्थीत हलमा आयोजित सो कार्यक्रममा संरक्षण क्षेत्र व्यवस्थापन समिति चुचुरे,रामेछाप र श्यामा,दोलखाको सचिवद्वय चन्द्र प्रसाद घिमिरे र टीका कार्कीले चालु आ.व.२०७६र०७७ को स्विकृत वजेट तथा कार्यक्रमहरू सम्पन्न वारे सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रमहरू माथि स्थानीय संघसंस्थाहरूको तर्फबाट चुचुरे युनाईटेड क्लवको अध्यक्ष टिकाराम गुभाजुले “शिवालय रेडपान्डा पार्कमा निर्मित भ्यूटावर,बिश्राम घर सवैको आकर्षकको केन्द्र बनेको बताए । किसानहरूको जीविकोपार्जन कम लागि सहज हुने गरि वितरण गरिएको टनेलमा तरकारी खेती,नर्सरी स्थापना र विरूवा वितरण उपयोगी रहेको चर्चा गर्दै खिम्ती खोला संरक्षण र मानव वन्यजन्तु वीचको द्वन्द्व व्यवस्थापनको वारे अझ वढि काम गर्नु पर्नेमा सुझाव दिएका थिए । त्यस्तै संरक्षण वनहरूको तर्फवाट चिप्लेनी संरक्षण बनका .अध्यक्ष रामजी खडकाले गौरीशंकर संरक्षण क्षेत्र को वर्तमान कार्य दिशा संम्वृद्विका लागि संरक्षण प्रति समर्पित रहेको देखिन्छ र अगामी दिनहरू समेत होमस्टे प्रवद्वर्न, पहिचान नभएको वन्यजन्तुवाट यश क्षेत्रमा सल्लाको रूखको विनास वारे अध्ययन र समाधानको ठोस उपाय पत्ता लगाउन आग्रह ध्यानआकर्षण समेत गरेको वताए । “

संरक्षण क्षेत्र व्यवस्थापन समितिरउपसमिति,सिफन,युवा क्लव ,स्थानीय सरकारको प्रतिनिधिहरू गरि जम्मा ४१ जना को सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण चुचुरे सिवालय संरक्षण इलाका इन्चार्ज राजेन्द्र प्रसाद यादवले गरेका थिए । बिगतका वर्षहरू जस्तो चालू आर्थिक बर्ष सहज नरहे पनि सवै सरोकारवालाहरूको सदभावपूर्ण सहयोगले राष्ट्रिय प्रकृति संरक्षण कोष र गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको ईलाका संरक्षण कार्यालय शिवालय,रामेछापले आफ्ना मातहतका कार्यक्रमहरू समयमा सम्पन्न गरेको कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।

Shares

Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्र चुचुरे रामेछापको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*