गौरीशंकर संरक्षण क्षेत्रमा मृत अवस्थामा घोरल फेला परेपछि

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १८
गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा संरक्षित घोरल मृत अवस्थामा फेला परेपछि खाडल खनी गाडेर नष्ट गरिएकाे छ ।
शनिबार सिन्धुपाल्चोकमा अवस्थित भोटेकोसी हाइड्रोपावर कम्पनीको ड्याम नजिकै पोथी घोरल मृत अवस्थामा फेला परेको थियो ।गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधी, हाइड्रोपावरका कर्मचारी, सिमा प्रहरी चौकीका प्रहरीको रहोवरमा मृत घोरललाई नष्ट गरिएको संरक्षण क्षेत्रका प्राकृतिक स्रोत संरक्षण सहायक इन्द्रजंग हमालले बताए ।
“मृत घोरलको शरिरमा कुनै चोट नदेखिएकाले मानिसले मृत बनाएको हैन । घोरलबिच द्धन्द्ध भई भीरबाट लडेर कोसीमा खसी बगेर ड्याम नजिकै आएको हुन सक्छ ।” उनले भने ।
प्राकृतिक स्रोत संरक्षण सहायक इन्द्रजंग हमालका अनुसार समुन्द्री सतहबाट २५ सय उचाईमा घोरलको बासस्थान हो ।

Shares

Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्रमा मृत अवस्थामा घोरल फेला परेपछि"

Leave a comment

Your email address will not be published.


*