गौरीशंकर बाल गृहका अनाथ बालकहरुलाइ सहयोग

चरिकोट, फागुन २५
दोलखाको बैतेश्वर गाउँपालिका ३ मजुवामा रहेको कालिढुङ्गा माविका कक्षा दशका ४० विद्यार्थी र शिक्षक कृष्ण प्रसाद दाहालले गौरीशंकर बालगृहका बालकहरुलाई शैक्षिक एव‌म् खेलकुदका सामग्री वितरण गरेका छन् ।
आइतबार एक कार्यक्रमको आयोजना गरि बाल गृहमा बस्दै आएका ३० जना अनाथ बालकहरुलाई १३ हजार ५ सय ७५ रुपैँया बराबरको सामग्री वितरण गरिएको हो ।
१५ दर्जन कापी, ३० प्याकेट डट्पेन, कटर, पेन्सिल कलर, इरेजर, भलिबल, ब्याडमिन्टन लगायतका शैक्षिक एवं खेलकुदका सामग्री वितरण गरिएको विद्यालयका शिक्षक कृष्ण प्रसाद दाहालले बताए ।


शैक्षिक सत्र २०७६ मा विद्यालयका कक्षा दशमा अध्ययनरत् विद्यार्थी र अध्यापन गर्ने शिक्षकले जन्मदिन कोष स्थापना गरेका थिए । कोषमा प्रत्येक विद्यार्थी र शिक्षकको जन्मदिनमा रकम संकलन गर्ने गरेका थियाे । सोही कोषमा ८ हजार विद्यार्थीहरुबाट र शिक्षकको जन्मदिनको अवसरमा कोषमा ५ हजार ५ सय ७५ रुपैँया संकलन भएको थियो । संकलित रकमले गृहका बालकहरुलाई शैक्षिक एवम् खेलकुदका सामग्री वितरण गरिएकाे उनले बताए ।

Shares

Be the first to comment on "गौरीशंकर बाल गृहका अनाथ बालकहरुलाइ सहयोग"

Leave a comment

Your email address will not be published.


*