गौरीशंकर बालगृहलाई स्थानीय सरकारको मातहत् ल्याउनु पर्नेमा मेयरको जोड

चरिकोट–भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले गौरीशंकर बाल गृहलाई अब स्थानीय सरकारको मातहत् ल्याउने बताएका छन । शनिबार संन्चाकरकर्मी निता राउतको पहल तथा कोरिया बस्दै आएका दिपेन्द्र अधिकारको सहयोगमा जुटाइएको सामाग्री हस्तान्तरण गर्दै मेयर केसीले बाल संगठनले अहिले चलाएको वाल गृह स्थानीय सरकारलाई जनाकारी नदिएको बताए । “ कि राम्रोसँग चलाउनु प¥यो, अन्यथा नगरपालिकाले हस्तक्षेप गरेर भए पनि आफै चलाँउछ” मेयर के.सीले भने । ओगट्ने काम बन्द गर्न बालंगठनलाई के.सी.ले आग्रह गरे । बाल संगठनले दोलखाको अपन्त्व लिने वातावरण नवनाएको केसीले बताए । “कि त सम्बन्धि संस्थाले यसलाई सुधार गर्दै राम्रोसँग चलाउन सक्नुपर्छ अन्यथा यस संस्थाबाट हात झिक्दा राम्रो हुने उनले बताए । नगरपालिकाको पहिलो प्राथमिकता नै शिक्षामा रहेकाले यो वा त्यो बाहानामा अब गौरीशंकर बालगृहका बालबालिका शिक्षा र अन्य सुविधाबाट बञ्चित हुने अवस्था नरहेको मेयर के.सी.ले जिकिर गरे । बालगृह ब्यवस्थापनका लागि बर्षमा ८–१० लाख छुट्याउ खासै समस्या नपर्ने बताउदै मेयर केसीले जसरी भएपनि बालगृहलाई स्थानीय सरकारको मताहतमा ल्याउने पहल र प्रक्रिया थाल्ने जनाकारी दिए ।राउतको पहलमा जुटेको ८४ हजार बराबरको सहयोग शनिबार हस्तारण गरिएको छ । ्२०५३ साल स्थानपना भएको यस गृहमा हाल २४ जना अनाथ बालबालिकाहरु छन्।

Shares

Be the first to comment on "गौरीशंकर बालगृहलाई स्थानीय सरकारको मातहत् ल्याउनु पर्नेमा मेयरको जोड"

Leave a comment

Your email address will not be published.


*