गौरीशंकर गाउँपालिका टाँसिनाममा भालुको आतङक

दीक्षण समाचार–दोलखाको गौरीशंङर गाँउपालिका वडा नम्बर ९ टाँसिनाममा जङ्गली भालुका कारण स्थानिय असुरक्षित बनेका छन् । घर भित्र पसेर भालुले पशुपंक्षि तथा अन्नपात खानथालेपछि स्थानियले असुरक्षित महशुस गर्न थालेका हुन् ।केहि दिन अघि टाँसिनामका स्थानिय पासाङ तमाङको तीन वटा बाख्रा खाएको भालुले लगतै स्थानिय छ्योरो शेर्पाको होटलमा क्षति पु¥याएको स्थानिय रामकुमार गुरुङले बताए । शनिवार राति पनि भालुले स्थानिय सुर्यबहादुर तमाङको घर भित्र पसेर मकै, गहुँ लगायतका अन्नपात खाएको रामकुमारले बताए । भालु घरको पक्की झ्याल ढोका समेत भत्काएर भित्र पस्ने भएकोले मानिससमेत असुरक्षित बनेको रामकुमारले बताए । भालुले दुःख दिन थालेपछि स्थानियले गौरीशंकर संरक्षण क्षेत्रलाई जानकारी गराएको गुरुङले बताए ।
त्यसैगरी कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ लापिलाङका बेदशंङर भण्डारीको गोठबाठ चितुवाले आईतवार राति ९ ओटा बाख्रा खाईदिएको स्थानियले बताएका छन् । गाँउघरमा मानिसको बसाई कम हुदै गएको र बन तथा बन्यजन्तु संरक्षणमा स्थानिय सक्रिय बनेपछि अहिले भालु, चितुवा जस्ता जङ्गली जनावरले मानिसलाई दुखदिन थालेको पीडितहरुको गुनासो रहेको छ
।https://www.youtube.com/watch?v=k3GiK7FdVnk&t=68s

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिका टाँसिनाममा भालुको आतङक"

Leave a comment

Your email address will not be published.


*