गौरीशंकर गाउँपालिकाले सरकारी कर्मचारीलाई संघ संस्थाको कार्यकारी पदमा बस्न लगायो रोक

gaurai shankar

चरिकोट (दीस)– दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाले सरकारी सेवामा कार्यरत कर्मचारीलाई विभिन्न संघसंस्थाको कार्यकारी पदमा रहन रोक लगाउने निर्णय गरेको छ। पालिकाकाले हालै जारी गरेको सूचना अनुसार बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी कर्मचारी, विशेषगरी शिक्षकहरूलाई संघसंस्था तथा उपभोक्ता समितिका पदहरूमा रहने जिम्मेवारीबाट टाढा रहन निर्देशन दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर घर्तीका अनुसार कर्मचारीले विभिन्न संघसंस्थामा जिम्मेवारी लिँदा कार्यालयको कामकाजमा प्रभाव पर्ने जनगुनासोहरू प्राप्त भएपछि यो निर्णय लिइएको हो। निर्णयको पूर्ण रूपमा पालना गर्न सबै कर्मचारीलाई आग्रह गरिएको उहाँले बताउनु भयो । “सरकारी सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरु विभिन्न संघसंस्था तथा उपभोक्ता समितिको कार्यकारी पद तथा जिम्मेवारीमा रही कार्यालय समयमा कार्यालयको काम भन्दा संघसंस्था तथा उपभोक्ता समितिको काममा संलग्नता रहदा सावर्जनिक सेवा प्रवाहमा इमानदारीता र जवाफदेहिता नरहेको भनि विभिन्न सरोकारवालाहरुबाट जनगुनासो आएको छ ।” सूचनामा उल्लेख गरिएको छ, “वर्तमान शैक्षिक नतिजाको अवस्थालाई समेत मनन गर्दै आउँदा दिनहरुमा शिक्षा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने, सावर्जनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी तथा गुणस्तरीयता कायम गरी जनतालाई सुशासनको प्रत्याभूत गराउने उद्धेश्यका साथ गाउँपालिका मातहतमा रहेका सम्पूर्ण सरकारी मातहतमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कार्यरत शिक्षक ,कर्मचारीहरुले कुनै पनि गैरसरकारी, वित्तीय संघसंस्था एवम् उपभोक्ता समितिको कार्यकारी पदमा रहन नपाउने कानुनी व्यवस्था समेत रहेको हुँदा गौरीशंकर गाउँपालिकाकोसम्बन्धित व्यक्ति वा निकायहरुले निर्णयानुसार गर्नु गराउनुहुन अनुरोध छ ।”

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाले सरकारी कर्मचारीलाई संघ संस्थाको कार्यकारी पदमा बस्न लगायो रोक"

Leave a comment

Your email address will not be published.


*