गौरीशंकर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत तोकियो

चरिकोट (दीस) – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्दै दोलखाको गौरीशंकर गाउँपालिकामा जिल्ला न्यायाधीश माधव प्रसाद सुवेदीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम, आयोगले ३२ जना जिल्ला न्यायाधीशलाई सम्बन्धित स्थानीय तहका मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । प्रवक्ता सापकोटाका अनुसार नियुक्त अधिकृतहरू कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी, निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन सुरु गर्नेछन । सो पालिकामा उपप्रमुख पदमा निर्वाचन हुदै छ । सो दिन देश भर स्थानीयतहमा ४२ पदमा निर्वाचन हुदै छ ।

 

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत तोकियो"

Leave a comment

Your email address will not be published.


*