गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना परी तीन जना घाइते

चरिकोट (दीस) — दोलखाको गौरीशंकर गाउँपालिकामा आज भएको बोलेरो दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन्। सिंगटीबाट मार्बुतर्फ जाँदै गरेको बलेरो गाडी गौरीशंकर गाउँपालिका–६ चंखुको नाक्दिङमा साँझ दुर्घटनाग्रस्त भएको हो।

वागमती प्रदेश ००३–२३ च १८३३ नम्बरको बोलेरो दुर्घटनामा घाइते हुनेमा बोलेरो धनी तेन्जी शेर्पा, चालक शुक्छिरी शेर्पा, र यात्रु रिन्जी शेर्पा रहेका छन्। घाइतेहरूको सिंगटीस्थित अस्पतालमा उपचार भैरहेको छ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना परी तीन जना घाइते"

Leave a comment

Your email address will not be published.


*