गौरीशंकर गाउँपालिकामा द्धन्द्ध प्रभावित परिवारलाई सहायता

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको गौरीशंकर गाउँपालिकाका द्धन्द्ध प्रभावित परिवारहरुलाई सहायता प्रदान गर्न सुरु गरिएको छ । द्धन्द्ध प्रभावित परिवारहरुलाई सहायता गर्ने सम्बन्धी कार्यविधी २०७६ को दफा (५) को व्यवस्था बमोजिम गठन भएको स्थानीय समितिको निर्णय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमति प्रदेशको पत्रअनुसार द्धन्द्ध प्रभावित परिवारलाई सहायता प्रदान गर्न सुरु गरिएको हो । द्धन्द्ध प्रभावित व्यक्ति तथा परिवारलाई स्वास्थ्य उपचार, सीप विकास र स्वरोजगारमुलक व्यवसायको लागि सहायता प्रदान गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । तर पालिकाका १७ जना द्धन्द्ध प्रभावित परिवारले औषधी उपचारका लागि सहायता बापत ३० हजार रुपैँया प्रदेशबाट पाउने भएका छन् । सहायता पाउने परिवारहरुमा १ घरपरिवार दलित समुदायका रहेका छन् । जित बहादुर जिरेल, विनिता जिरेल, चन्द्रमाया जिरेल, रित बहादुर खड्का, रिम प्रसाद थापा मगर, कुम्भ तामाङ, सोम कुमारी कार्की, नर बहादुर भुजेल, गायत्री पोखरेल, रामप्यारी श्रेष्ठका परिवारले सहायता पाउने पालिकाका प्रमुख प्रसाशकिय अधिकृत प्रदिप कुमार खड्काले बताए । त्यसैगरि जालु विक, फिन्डोमा शेर्पा, ढोमा शेर्पा, आङरिन्जी शेर्पा, डम्बर बहादुर कार्की, काजी शेर्पा, र कुमारी थामी गरि १७ जना द्धन्द्ध प्रभावित परिवारले सहायता प्राप्त गर्ने उनले बताए । केहीले भने सहायता रकम प्राप्त गरिसकेका छन् । पालिकाले गत असार १६ गते द्धन्द्ध प्रभावित परिवारहरुलाई सहायताको लागि पालिकाको सम्पर्कमा आउन सुचित गरेको थियो । पालिकामा ३५ जना द्धन्द्ध प्रभावित रहेता पनि मन्त्रालयले १७ जनालाई मात्र सम्बोधन गरेको छ । गणतन्त्र प्राप्तीका लािग सबै किसिमको राजनितिक आन्दोलनहरमा जीवन उत्सर्ग गर्ने सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग भएका व्यक्ती एवं द्धन्द्ध प्रभावित व्यक्ती तथा परिवारले प्रदेश सरकारले सहायता प्रदान गर्ने कार्यविधीमा उल्लेखित छ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा द्धन्द्ध प्रभावित परिवारलाई सहायता"

Leave a comment

Your email address will not be published.


*