गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना परी २ जनाको मृत्यु , एक जना घाइते

चरिकोट (दीस) ः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा आज ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दुर्घटनामा परी गौरीशंकर गाउँपालिका–५ तिनेखु का ४३ वर्षीय अमृत तामाङ र २३ वर्षीय वुद्धि तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्दाजी १८ वर्षीय पेम्वा तामाङ घाईते भएका छन् । घाइते तामाङको सिंगटी स्थीत सामुदायिक अस्पताल सिंगटीमा उपचार भईरहेको छ । सुरीको तिनेखुबाट सिंगटीतर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठुलो चौतारा भन्ने स्थानमा दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट १ सय ८० मिटर तल खसेको प्रहरीको भनाई रहेको छ । ट्याक्टरको नम्बर खुल्न बाँकी रहेको प्रहरीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना परी २ जनाको मृत्यु , एक जना घाइते"

Leave a comment

Your email address will not be published.


*