गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भिर घाइते

दीक्षण समाचार
चरीकोट, फागुन २५
दोलखाको गौरीशंकर गाउँपालिका स्थित काठेगैरोमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना परी ट्याक्टरमा सवार तीन जना गम्भिर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । घाइतेहरुलाई सिंगटी अस्तालमा उपचारका लागि लगिएको छ । सिंगटीबाट प्रहरीको टोली भर्खर घटना स्थलमा पुगेकोले घटनाको थप विवरण केही समयमा आउने उहाँले बताउनुभयो । उहाँका अनुसार ट्याक्टर भीरबाट खसेको र क्षतविक्षत भएको छ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भिर घाइते"

Leave a comment

Your email address will not be published.


*