चरिकोट (दीस) ः आगामी मंसिर १६ गते हुने गौरिशंकर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एमालेले उमा शेर्पालाई उपप्रमुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत रूपमा उमा शेर्पालाई उम्मेदवार चयन गरेको हो। उम्मेदवार छनोटका लागि उर्मिला थामीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलले विभिन्न चरणमा पार्टीको वडा कमिटी र आकांक्षीहरूसँग छलफल गरी सर्वसम्मत रूपमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले उमा शेर्पालाई उम्मेदवार चयन गर्दै मिंगुर शेर्पाको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको एमालेले जनाएको छ । उमा शेर्पा वडा नम्बर ७ मार्वुकी निवासी हुनु हुन्छ ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनमा एमालेले उमा शेर्पालाई उम्मेदवार बनाउने"