चरिकोट (दीस) ः मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादी दोलखाले गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा आफ्नो उम्मेदवार घोषणा गरेको छ । सो पार्टीले शुक्रबार गौरीशंकर गाउँपालिका वडा नं ५, सुरि की रविना खड्कालाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीले गौरीशंकरको विकासका लागि आधार तयार गर्न, जनताको समस्यासँग जुध्न, पालिकामा हुने भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न तथा आत्मनिर्भर गाउँपालिका बनाउन योजनासहित अगाडि बढेको बताउँदै विजय सुनिश्चित भएको दाबी गरेको छ ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनमा एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने"