गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने

चरिकोट(दीस)ः आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा राजनैतिक दलले महिलालाई अनिर्वाय उम्मेद्वार बनाउनुपर्ने भएको छ । निर्वाचन आयोगले हालै गरेको निर्णय अनुसार सो पालिकामा महिला उम्मेद्वार अनिर्वाय उठाउनु पर्ने भएको हो । आयोगले गरेको निर्णयमा हाल प्रमुख पदमा पुरुष निर्वाचित छन्, त्यहाँ उपप्रमुख पदमा महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनु पर्ने व्यवस्था गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । आयोगको यस निर्णयसँगै दोलखाको गौरीशंकर गाउँपालिकाका ,जाजरकोटको नलगाढ नगरपालिका र बाजुराको स्वामीकात्र्तिक खापर गाउँपालिकाको उपप्रमुख पदमा महिला उम्मेदवार राजनैतिक दलले अनिवार्य बनाउनु पर्ने भएको छ । त्यसैगरी काठमाडौँको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामनाथ, र दैलेखको महाबु गाउँपालिकामा भने प्रमुख पदमा पुरुष उम्मेद्वार खडा गर्नुपर्ने भएको छ । ती स्थानीय तहमा उपप्रमुख पदमा महिलाहरु गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु भएको छ । गएको स्थानीय तहको निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिाकामा उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित हुनु भएको थियो । उहाँले ४ हजार ७ सय ४१ मत ल्याउनु भएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गर्नु भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित तामाङको गतबर्ष हृदयघातका कारण निधन भएको थियो । उहाँको निधन पछि उपप्रमुख पदमा निर्वाचन हुन लागेको हो । अगामी मंसिर १६ निर्वाचन आयोगले गौरीशंकर गाउँपालिका सहित देशका विभिन्न स्थानीय तहमा प्रमुख देखी वडा अध्यक्षसम्म ४६ पदमा निर्वाचन मार्फत ती स्थानमा जनप्रतिनिधी निर्वाचित गर्दैछ ।

Press Release 2081-07-01

 

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने"

Leave a comment

Your email address will not be published.


*