गौरीशंकरले जित्यो उपाधि

इश्वर बिश्वकर्मा/ चरिकोट,–प्रथम विगु अध्यक्ष कप दोलखा जिल्ला खुल्ला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि गौरीशंकर गाउँपालिकाले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा तामाकोशी गाउँपालिकालाई पराजित गर्दै गौरीशंकरले उपाधि जित्न सफल भएको हो । विगु गाउँपालिका खेलकुद विकास समितिले हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँको अवसरमा सिंगटीमा आयोजना गरेको प्रतियोगितामा प्रथम भएसगैँ विजेता समुहले नगद एक लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।द्धितीय तामाकोशी गाउँपालिका, तृतीय मेलुङ गाउँपालिका र सान्त्वना विगु गाउँपालिका (बी) भएको छ । ती समुहलाई क्रमशः ७० हजार, ४० हजार र २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नारा सहित भएको प्रतियोगितामा विभिन्न विधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गौरिशंकर गाउँपालिकाका विशाल तामाङलाई उत्कृष्ट खेलाडी, सोभित खड्कालाई उत्कृष्ट लिफ्टर, राजन तामाङलाई उत्कृष्ट डिफेन्डर, विपिन बस्नेतलाई उत्कृष्ट स्पाइकर र तामाकोशी गाउँपालिकाका कुमार कार्कीलाई उत्कृष्ट सर्भर घोषणा गरी सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद दुई हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ । पुरस्कार वितरण कार्यक्रममा बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, जिल्ला समन्वय समितीका प्रमुख डबल पाण्डे, तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "गौरीशंकरले जित्यो उपाधि"

Leave a comment

Your email address will not be published.


*