गौरीशंकरका १५ जना छोरीबुहारीले छात्रवृत्ति पाउने

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १५
दोलखाको गौरीशंकर बहुमुखी क्याम्पासका १५ जना छोरीबुहारीले छात्रवृत्ति पाउने भएका छन् ।
उच्च शिक्षाका लागि सहयोगार्थ स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत् छोरीबुहारीले छात्रवृत्ति पाउने भएका हुन् ।
स्नातक तहका १२ जना र स्नातकोत्तर तहका २ जनाले छोराबुहारी छात्रबृति प्राप्त गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।
स्नातकोत्तर तहका सविता दाहाल (जिरेल) र संगिता बुढाथोकीले छात्रबृति पाउने क्याम्पस प्रमुख शान्त केसीले बताए ।
स्नातक तहमा अध्ययनरत अनुजा थामी, सन्ध्या थामी, सुनिता थामी, रसिला श्रेष्ठ, करुणा श्रेष्ठ, इनु तमाङ, सुकुना बिक, शान्ता थामी, निलु थामी, मेग्ना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कविता भुजेल, कन्चन कटुवालले पाउने भएका छन् ।
स्तातकोत्तर तहका विद्यार्थीहरुले २५ हजार र स्नातक तहका छोरीबुहारीले २० हजार प्राप्त गर्ने क्याम्पस प्रमुख केसीले बताए ।
छात्रबृतिका लागि नेपाल बैँक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको खाता नम्बर सहित क्याम्पस प्रशासनमा सम्पर्क गर्नुपर्ने उनले बताए  । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौडाको फागुन १३ गतेको सुचना अनुसार क्याम्पसमा अध्ययनरत् छोरीबुहारी छनौटमा परेका थिए । निर्देशनालयले सुचना जारी गरेर छात्रवृत्तिका लागि पुस २५ गतेभित्र आवेदन आह्वान गरेको थियो । प्रदेश सरकारले उच्च शिक्षा तर्फ आकर्षण गर्न सहयोगार्थ सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

तस्बिर क्याम्पसकाे फेसबुकबाट

Shares

Be the first to comment on "गौरीशंकरका १५ जना छोरीबुहारीले छात्रवृत्ति पाउने"

Leave a comment

Your email address will not be published.


*