गौरिशंकर गाँउपालिकामा पोखरीमा डुवेर एक बालकको ज्यान गयो

दोलखाको गौरिशंकर गाँउपालिका वडा नं ५ सुरी लहरेमानेमा खेल्ने क्रममा पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । घरमा नजिकै बाख्रालाई पानी खुवाउन बनाएको पोखरीमा डुवेरमा उनको ज्यान गएको प्रहरीले बताएको छ । गौरिशंकर गाउँपालिका वडा नं ५ सुरी लहरेमाने निवासी दोर्जे शेर्पाको ५ बर्षको छोरा छिरिङ दावा शेर्पाको घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा डुवेर ज्यान गएको हो । आज विहान करिव १०ः३० बजेको समयमा घर भन्दा केहि माथी पशुचौपायको लागि पानी पानी खुवाउन बनाएको पोखरीमा खेल्ने क्रममा डुवेर ज्यान गएको दोलखाका प्रहरी नायव निरिक्षक सेते तामाङले बताए ।

Shares

Be the first to comment on "गौरिशंकर गाँउपालिकामा पोखरीमा डुवेर एक बालकको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*