गोल्मेश्वर माविले दोस्रोपटक जित्यो रनिङ शिल्डको उपाधि

फागुन १७ दिपक बस्नेत–गोल्मेश्वर माविले दोस्रोपटक रनिङ शिल्डको उपाधि हात पारेको छ । ूस्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने नारालाई सार्थक बनाउँदै तामाकोशी गाउँपालिकाको विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६, आज सम्पन्न भएको छ ।
फागुन १४ देखि १७ गतेसम्म वडा नं ७ हावाँको गुमी खेलमैदानमा भव्य रुपमा सम्पन्न भएको हाृ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना भएको रनिङ शिल्ड प्रतियोगिता दोस्रोपटक कालिका मावि हाँवाद्वारा आयोजक विद्यालयको हैसियतमा खेलको व्यवस्था पन गरेको थियो ।
प्रतियोगीतामा भलिवल र एथलेटिक्सका बिभिन्न विधाका कुल ११ खेलमा प्रतिस्पर्धा भएको खेलकुद प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुका २२१ जना खेलाडीहरुको सहभागीता रहेकोमा उत्कृष्ट स्थान हाँसिल गर्ने गोल्मेश्वर मावि मालुले ९ ओटा स्वर्ण पदक सहित दोस्रो संस्करणको रनिङ शिल्डको उपाधि जितेको छ । त्यसैगरी कालिका मावि हाँवा ४ स्वर्ण र सितापाईला मावि जफेले २ स्वर्णसहित क्रमशः दोस्रो र तेस्रो स्थान हाँसिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा भलिबल छात्र तथा छात्रा, एथलेटिक्स ट्याक तर्फ १००मि।, २००मि।, ४०० मि।, ८००मि। छात्र छात्रा र ४०० मि।को रिले दौड ९छात्ररछात्रा० गरि पाँच ओटा इभेन्ट्सका खेलहरु भएका थिए । त्यस्तै गरी एथलेटिक्स फिल्ड तर्फ हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन थ्रो गरी पाँचैवटा इभेन्टसका खेलहरू गरी जम्मा ११ वटा इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । तामाकोसी गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयहरु मध्ये ११ वटा माध्यमिक विद्यालयका कुल ११७ छात्र तथा १०४ छात्रा खेलाडी सहित २२१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाका नारायणी मावि भिरकोट, अमर मावि, जनप्रभात मावि झुले, सीतापाइला मावि जफे, गोल्मेश्वर मावि, सिद्धेश्वर मावि र गुप्तेश्वर मावि मालु, त्रिकुटेश्वर मावि, जनजागृति मावि सहरे, महेन्द्र मावि च्यामा र कालिका मावि हाँवा गरी ११ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल छात्रा तर्फ स्वर्ण कालिका मावि हाँवा र उपविजेता नारायणी मावि भिरकोट भएका छन् । त्यस्तै छात्र भलिबलको फाइनलमा नारायणी मावि भिरकोटले कालिका माबि हाँवाको टीमलाई हराउँदै स्वर्ण जितेको छ । १००मि। छात्र दौड तर्फ जनजागृति तथा छात्रा गोल्मेश्वर, २००मि। छात्र गोल्मेश्वर छात्रा तर्फ गोल्मेश्वर त्यस्तै ४०० मि रिले दौड छात्र र छात्रा दुबै तर्फ गोल्मेश्वर माविले स्वर्ण जितेका छन् । त्यस्तैगरी ४००मि। एकल दौडमा छात्र तर्फ त्रिकुटेश्वर मावि, छात्रा तर्फ गोल्मेश्वर माविले स्वर्ण जितेको छ । ८००मि। छात्र तर्फ कालिका माविले स्वर्ण हात पारेको छ । भलिबल छात्रा तर्फ वेस्ट लिफ्टर नारायणी मावि निरुता शिवाकोटी, वेस्ट स्पाइकर छात्रा कालिका मावि पवित्रा सुनुवार तथा वेस्ट डिफेन्स छात्रा कालिका मावि अप्सरा सुनुवार भएका छन् । त्यस्तै छात्र तर्फ वेस्ट लिफ्टर कालिका मावि होम सुनुवार, वेस्ट स्पाइकर अमर मावि माधव पोखरेल र वेस्ट डिफेन्स नारायणी माविका दिपेश कार्की घोषणा भएका छन् ।
खेल उद्घाटन समारोहमा प्रदर्शन गरिएको मार्चपास प्रदर्शनीमा गोल्मेश्वर मावि मालुले उत्कृष्ट स्थान हासिल गरेको थियो । औपचारिक समापन तथा शिल्ड तथा मेडल वितरण गर्दै दोस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह गाउँपालिकाका प्रमुख श्री इश्वर चन्द्र पोखरेलको प्रमुख आतित्यतामा भएको थियो ।

 

Shares

Be the first to comment on "गोल्मेश्वर माविले दोस्रोपटक जित्यो रनिङ शिल्डको उपाधि"

Leave a comment

Your email address will not be published.


*