गोरेटो बाटो निर्माणको सार्वजनिक सुनुवाई सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ४ को घोगेडी–लामीडाँडा पक्की गोरेटो बाटो निर्माण पछि आम्दानी खर्चको विवरण सार्वजनिक सुनुवाई गरिएको छ । शनिवार सो बाटो निर्माण मा भएको आम्दानी खर्चको विवरण सहित सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम भीमेश्वर नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाईको क्रममा प्राविधिक स्टिमेट अनुसार काम गर्दा नगरको अनुदान सम्पूर्ण खर्च काटाई ५ हजार पचास रुपैयाँ बढी भएकोले वडा कार्यालय मार्फत नगरपालिकालाई फिर्ता गर्ने जानकारी दिइएको थियो । भीमेश्वर नगरपालिकाबाट बाटो निर्माणका लागि कुल ४ लाख ९२ हजार भुक्तानी गरिएकोमा सो बाटो निर्माण उपभोक्ता समितिले काम गर्दा बढी भएको ५ हजार पचास रुपैयाँ फिर्ता गरेर भीमेश्वर नगरपालिकामा पहिलो नमुना काम गरेको वडाध्यक्ष चौलागाईंले बताउनु भयो ।

Shares

Be the first to comment on "गोरेटो बाटो निर्माणको सार्वजनिक सुनुवाई सम्पन्न"

Leave a comment

Your email address will not be published.


*