गृह जिल्लामा मन्त्री आइन्, प्रदेश सरकारकाे ‘उपहार’ दिइन्

इश्वर बिश्वकर्मा
चरिकोट, असार ५
बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत गृह जिल्ला दोलखामा आएकी छन् । मन्त्रालयको जिम्मेवारी पाएको झन्डै दुई महिनापछि पहिलो पटक मन्त्री बस्नेत स्वास्थ्य सामग्री लिएर गृह जिल्ला आएकी हुन् । कोरोना भाइरसले बिरामी बनाएको दोलखा जिल्लालाई मल्हमपट्टी गर्न मन्त्री बस्नेतले स्वास्थ्य कार्यालयलाई शनिबार एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । उनले भेन्टिलेटर, मोबाइल एक्सरे मेशिन, अक्सिजन कन्सेन्टेटर, अक्सिजन सिलिन्डर, डेड बडी व्याग, पल्स अक्सिमिटर, डिजिटल थर्माेमिटर, पञ्जा स्यानीटाइजर, मास्क लगाएतका सामग्री हस्तान्तरण गरेकी हुन् । ति सामग्रीहरु स्वास्थ्य कार्यालय मार्फत् आवश्यकताका आधारमा नौ वटै अस्पताल, स्वास्थ्य केन्द्र तथा पालिकामा पुग्ने मन्त्री बताइएको छ । यि यस्तै सामग्री तथा उपकरणहरु बागमती प्रदेशका अन्य जिल्लामा उपलब्ध गराइसकिएको छ । तर गृह जिल्लामा भने मन्त्री बस्नेत आफै उपस्थित भएर सामग्री हस्तान्तरण गरेकी हुन् । सामग्री हस्तान्तरण गर्नुपूर्व मन्त्री बस्नेतले बिहानै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय दोलखाको सेवा प्रवाहको जानकारी लिएकी थिइन् । त्यसैगरी मन्त्री बस्नेत हिंसा पीडित महिला तथा बालबालिकालाई आश्रय दिइरहेको आवाज नेपालको स्नेह केन्द्रको अवलोकन गरेकी थिइन् । यहाँको अवस्थाबारे आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले जानकारी गराएकी थिइन् ।

 

Shares

Be the first to comment on "गृह जिल्लामा मन्त्री आइन्, प्रदेश सरकारकाे ‘उपहार’ दिइन्"

Leave a comment

Your email address will not be published.


*