गृहमन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा दोलखा ७१ औं स्थानमा

चरिकोट(दीस)ः गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७१ औं स्थानमा परेको छ । विभिन्न सूचकको आधारमा मन्त्रालयले गरेको मुल्याङ्कनमा कार्यलय सो स्थानमा परेको हो ।
गत आर्थिक वर्षको कार्यसम्पादनको आधारमा मन्त्रालयले गरेको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालयले जम्मा ८४ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक प्राप्त गर्दै पहिलो स्थानमा परेको छ भने जिल्ला प्रशासन कार्यालय सिराहा सबै भन्दा कम ७६ दशमलब २५ प्रतिशत अंक प्राप्त गर्दै ७७ औं स्थानमा पुगेको छ । मन्त्रालयले विभिन्न सुचकका आधारमा पूर्णाङ्क १०० मा जिल्ला प्रशासन कार्यालयहरुको मूल्याङ्कन गर्ने गर्दछ ।

Shares

Be the first to comment on "गृहमन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा दोलखा ७१ औं स्थानमा"

Leave a comment

Your email address will not be published.


*