गुरुम्फीमा इलाका प्रहरी कार्यालय

दीक्षण संवाददाता
१९ साउन, गुरुम्फी
गौरीशंकर गाउँपालिका गुरुम्फीमा इलाका प्रहरी कार्यालयका स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठक र गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले उद्घाटन गरे ।
नेपाल प्रहरीको बिद्यमान सांगठित संरचनालाई पुनस् संरचना गर्ने सम्बन्धमा श्री गृह मन्त्रालय (माननिय मन्त्रीस्तर) को मिती २०७४।१२।२९ गते को निर्णय अनुसार गठित संगठन तथा व्यवस्थापन सर्बेक्षण समितीले सिफारिस गरे बमोजिम नेपाल सरकार (मन्त्रीपरिषद) को गत जेठ गतेको बैठकबाट स्वीकृत “संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५“ अनुसार कार्यालय स्थापना गरेको प्रनाऊ पाठकले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय गौरिशंकर स्वीकृत भए पश्चात गौरिशंकर गाउँपालिका नागरिकलाई प्रहरीले सहज रुपमा सेवा प्रदान गौरिशंकर गाउँपालिकामा वडा नं. ४,५,६,७ (सवै) र वडा नं. ८ का केही भागहरुलाई जिम्मेवारी एरिया कायम गरिएको छ । यसले त्यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको सुरक्षामा समेत सहयोग पुग्ने छ । यस अघि इलाका प्रहरी कार्यालय सिंगटीबाटै त्यस क्षेत्रको सुरक्षाको काम गर्दै आएको थियो ।

Shares

Be the first to comment on "गुरुम्फीमा इलाका प्रहरी कार्यालय"

Leave a comment

Your email address will not be published.


*