गुभाजूलाई “राष्ट्रिय सामाजिक अभियन्ता सम्मान ”२०८०

चरिकोट (दीस) – नेकपा एमालेका युवा नेता एवं समाजसेवी लक्ष्मण गुभाजू राष्ट्रिय सामाजिक अभियन्ता सम्मान २०८० बाट सम्मानित हुनुभएको छ । उज्यालो भविश्य नेपालले आफ्नो १० र्औ बार्षिक उत्सवमा उहाँँलाई सम्मान गरेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट उहाँँ सम्मानित हुनुभएको हो । गुभाजू सहित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुल मान घिसिङ ,धिरु बस्न्यात राष्ट्र सेवक कर्मचारी पुर्ब (एआइजिपि ),मदन दास श्रेष्ठ वरिष्ठ कलाकार ,सपना रोका मगर १०० प्रभावशाली महिला ,सारदा उप्रेती घिमिरे वरिष्ठ समाजसेवी ,सकुना मलेकु श्रेष्ठ कलाकार तथा बरिस्ठ समाजसेवी, मिना कार्की बस्नेत लिखु पिके गाउँपालिका अध्यक्ष भिम उपाध्याय पुर्ब सचिब नेपाल सरकार शान्ति श्रेष्ठ सहकारी अभियान्ताबाट सम्मान गरिएको उज्यालो भविश्य नेपालका अध्यक्ष राजन बस्नेतले जानकारी दिनु भयो ।
को हुन् सम्मानित लक्ष्मण गुभाजू
दोलखा जिल्ला,, तत्कालिन श्यामा गाविस वडा नं ६ हाल जिरी नपा वडा नं १ रावु मा विक्रम संवत २०४५ असार २४ गते जन्मिनु भएका लक्ष्मण गुभाजू, रतिराम गुभाजु र भीमकुमारी गुभाजुका माहिला छोरा हुन्।े गुभाजूका प्रतिभा पुञ्ज (दोलखाली व्यक्तित्वहरूको सङ्ग्रह), कोल्टे फेर्दा फेर्दै (कवितासंग्रह) कृति प्रकाशित भइसकेका छन् । उहाँ केही कृत्रिहरु प्रकाशनको तयारी रहेको बताइएको छ । गुभाजू साहित्यकार, पत्रकार, सफल युवा व्यवसायी र राजनीतिक नेता समेत हुनुहुन्छ । उहाँ नेकपा एमालेको बगमती प्रदेश कमिटी सदस्य हुनु हुन्छ । उहाँ पहलमा दोलखामा स्थापना भएको विगुल फाउण्डेशनले विभिन्न सामाजिक कार्य गर्दे आएको छ ।

Shares

Be the first to comment on "गुभाजूलाई “राष्ट्रिय सामाजिक अभियन्ता सम्मान ”२०८०"

Leave a comment

Your email address will not be published.


*