गाेपिखाेलामा दुईवटा यात्रुबस ठोक्किँदा चार जना घाइते

चरिकाेट :दोलखाको वैत्यश्वर गाउँपालिका–६ गोपीखोलामा आइतबार दिउँसो दुईवटा यात्रुबस ठोक्किँदा ४जना घाइते भएका छन् ।आज लामासाघु सडक खण्डमा काठमाण्डौबाट रामेछापतर्फ जाँदै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुंगाबाट काठमाण्डौतर्फ जाँदै गरेको प्र.३०१००५ ख ३९५६ नम्बरको बस एकआपसमा ठोक्किँदा ४ जना  घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि चरिकोट पठाइएको छ।

Shares

Be the first to comment on "गाेपिखाेलामा दुईवटा यात्रुबस ठोक्किँदा चार जना घाइते"

Leave a comment

Your email address will not be published.


*